कतार अझ बलियो र आत्मनिर्भर

बुधबार, जेष्ठ ८, २०७६



कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौँ । ’

कतार अझ बलियो र आत्मनिर्भर:

नाकाबन्दीले कतार दिनानुदिन अझ बलियो र आत्मनिर्भर बन्दै गएको छ। ‘हामी कतारी काम नै नगरि बस्दा पनि पुग्ने समुदायमा पर्छौं । यो छिपेको छैन,’ कतारी राजाकी बहिनी शेख हिन्दले ‘द गार्डियन’सँग भनेकी थिइन्, ‘नाकाबन्दीले मुलुकभरि आत्मनिर्भर बन्ने दृढता र राष्ट्र प्रेमको लहर देखियो। जुन साँच्चै लोभलाग्दो छ। ’ यो धारणा कतारका अन्य उच्च अधिकारीबाट पनि आइरहेको छ। यसबाट कतार २ वर्षमा साँच्चै आत्मनिर्भर मात्र होइन उत्पादन गरेर विदेश निर्यात गर्नेमा दरिन थालेको छ ।

नाकाबन्दीपछि कतारको मानव अधिकार समितिसँग न्याय मागिरहेका हजारौं मुद्दा सम्बोधन गर्दै अघि बढेको राजदूतको धारणा छ । नाकाबन्दी लगाउने ४ देशमा रहेका ११ हजार ३ सय ८७ कतारी परिवार यसबाट प्रत्यक्ष प्रभावित छन् । काम गर्न पाउने र अन्य अधिकारबाहेक ६ हजार ४ सय ७४ मुद्दा पारिवारिक मेलमिलापविरुद्धका भएको तथ्यांक मानव अधिकार संगठन कतारसँग रहेको जानकारी दिएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata