कतारले दुईसाताका लागि अन्तर्राष्ट्रिय उडान रोक्ने

सोमवार, चैत्र ३, २०७६



काठमाडौं । कतारले आगामी बुधबारदेखि दुईसाताका लागि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । कतार ट्रान्जिट भएर हुने अन्तर्राष्ट्रिय उडानलाई भने नरोकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर कतारले यस्तो निर्णय गरेको हो ।

कतारका आमिर शेख तामिम बिन हमद अल थानी र संकट व्यवस्थानका लागि बनेको समितिबीच भएको छलफलपछि आइतबार यस्तो निर्णय गरिएको हो ।

निर्णयअनुसार कतार बाहिरबाट कतार भित्रने नागरिकलाई भने भने दुईसातासम्म क्वारेन्टाइनमा राखिने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments