नेपालमा रहेका अमेरिकी नागरिक लिन विमान आउँदै

सोमवार, चैत्र १७, २०७६



काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै अमेरिकाले आफ्ना नागरिकहरुको उद्धार गरिरहेको छ ।सोहि क्रममा नेपालमा रहेका अमेरिकी नागरिकहरु लिन चार्टर फलाइट आउँदैछ ।

अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ ।

सोमबार देशका विभिन्न क्षेत्रमा रहेका अमेरिकी नागरिकहरु स्थल मार्गबाट काठमाडौं पुग्दैछन । नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौंमा ल्याउन सहजीकरण गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments