चीनको ‘बास्केटबल गर्ल’लाई भेट्नुहोस्, जो दुईवटै खुट्टा गुमाएर पनि पौडीवाज बनिन्..

सोमवार, माघ २०, २०७६



एजेन्सी । एउटा दुखदायी दुर्घटनामा दुवै खुट्टा गुमाएकी एक चिनियाँ युवतीको कठोर संघर्ष र मिहेनतको यात्रा हजारौं अशक्त मानिसहरूलाई प्रेरणादायी बनेको छ ।

Young Qian Hongyan's grandfather created the basketball support to help her walk and play with friends 

चीनको दक्षिणी प्रान्त युन्नानकी एक चार वर्षिया बालिका जसको सन् २००० मा कार दुर्घटनामा दुवै खुट्टा गुमाएकी थिइन् । उनको परिवार अत्यन्तै गरीब थियो। उनको परिवार  जीवनयापनका लागि खेतीपाती र रेशम उत्पादन गर्दथे ।

basketball girl

तर उनका हजुरबुबाले उनलाई हौसला प्रदान गरे । हिड्न सिकाए। उनले कम्मर मुनि बास्केटबल राखी ह्यान्डलको साथ काठको प्याड प्रयोग गरेर आफ्नो माथिल्लो शरीरलाई सन्तुलनमा राखी हातले हिड्न सिकिन् । त्यतिबेला बास्केटबलले उनलाई शरीरलाई सन्तुलनमा राख्न मद्दत त् गर्यो नै साथै थकित भएको बेलामा आराम दिने एक प्लेटफर्म समेत बनिदियो।

basketball girl

आफ्नो बाल्यावस्थाका धेरै वर्षहरूमा कियान होंग्यान (Qian Hongyan) आफ्नो कम्मर मुनि बास्केटबल राखेर त्यसैको सहायतामा हिडडुल गरिरहेको देख्न सकिन्थ्यो । त्यतिबेला विश्वभरका संचारमाध्यमका प्रमुख समाचार बनेकी थिइन् ।त्यससमय स्थानीय बासिन्दाले ‘बास्केटबल गर्ल नामाकारण गरिदिएका थिए, जुन अहिले उनको उपानाम बन्न पुगेको छ ।

basketball girl

सार्वजनिक सुरक्षा मन्त्रालयको सहयोगमा कियानलाई पछि बेइजिङको चीन पुनर्वास केन्द्रमा एक जोडी प्रोस्थेसिस लगाइएको थियो।

basketball girl

प्रोस्थेसिस या प्रोस्थेटिक इम्प्लान्ट(prosthesis or prosthetic implant) एकप्रकारको उपचार एवं आर्टिफिसियल डिभाइस हो, जसस्वारा दुर्घटना, ट्रमा या कुनै रोगका कारण गुमेको शरीरको अंगहरूलाई पुनर्स्थापना गरिन्छ ।

In 2013, Qian Hongyan, 18, prepares for a new set of prosthesis at China Rehabilitation Centre in Beijing

सन् २००७ मा चीनको सातौँ राष्ट्रिय पारा खेल(National Para Games of China)मा कियान पौडी खेल इच्छुक भएकी थिइन् । उनको अशक्तताको कारण त्यसबेला त् उनी खेलबाट बन्चित भईन । तर उनी त्यतिमै रोकीइनन् ।

basketball girl

किआन पानीमा सर्नको लागि आफ्नो शरीरको माथिल्लो भागमा भर पर्न बाध्य भइन् । सुरुवाती समयमा यो उनको लागि निकै चुनौतीपूर्ण थियो ।

Above, she is aged 16, at the Yunzhinan Swimming Club where she trains daily in different swimming styles

हाल उनी दुई घण्टामा ३०००-४००० मिटरमा पौडिन सक्षम छिन्। साथै, उनी दिनहुँ कडा तालीम गर्छिन्।

कियानालाई स्वतन्त्र कुराहरु गर्न मन पर्छ। उनी दिनहुँ कसरत गर्छिन,  कसरतले उनको दिनको एक महत्वपूर्ण हिस्सा ओगटेको छ। उनी सप्ताहन्नको अन्त्यमा फिल्म हेर्न मनपराउँछिन्।

When she first started swimming, it was almost impossible and she couldn't float or swim in one direction

सन् २००९ मा उनी चिनियाँ राष्ट्रिय प्यारा ओलम्पिक स्विमिंग प्रतियोगितामा राष्ट्रिय च्याम्पियन भइन्। सन् २०१५  मा, कियानले युन्नान प्रान्तीय प्यारालिम्पिक पौडी खेलको १०० मिटर ब्रेस्टस्ट्रोक फाइनलमा अर्को स्वर्ण पदक जितिन्।

She started learning to swim in 2007 after realising she had no future in education but was good at the sport

उनी अहिले पनि स्थिर आय पाउने आशा गर्छिन्, र प्रशिक्षण र प्रतिस्पर्धामा आफूलाई समर्पण गरिरहेकी छिन् ।

16-year-old Qian Hongyan climbs onto a diving platform at Yunzhinan Swimming Club for the handicapped

धेरै चिनियाँ नेटिजेन्सहरूले उनलाई पानीमा राम्रोसँग घुम्ने मत्स्यकन्या(mermaid)को रूपमा वर्णन गर्ने गरिन्छ ।

She then leaps off the platform and into the water. She was said to be training for the Paralympics at the time 

Above, Qian Hongyan is at home with her father. She also has two younger brothers who look up to her bravery

 

basketball girl

basketball girl

basketball girl

एजेन्सीहरूको सहयोगमा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments