साउदी अरबको १३ बुँदे सर्तबारे कतारको यस्तो प्रतिक्रिया

आइतवार, असार ११, २०७४



काठमाडौं । कतारले चार अबर देशहरुले नाकाबन्दी अन्त्यको लागि उसलाई पठाएको मागपत्रलाई ‘तर्कपूर्ण र व्यवहारिक’ नभएको भन्दै खारेज गरिदिएको छ । कतारको सरकारी समाचार सँस्थाका अनुसार उक्त मागपत्रलाई कतारको विदशे मन्त्रालयले जुन २२ मा समिक्षा गरको थियो ।

ति मागहरुको सूचीले कतारले पहिलेदेखिनै भन्दै आएको यो अवैध नाकाबन्दीको आतंकवादी नियन्त्रणसँग कुनै सम्बन्ध नै छैन् भन्ने कुरा पुष्टी गर्छ, यो सबै कतारको सार्वभौमिकता र हाम्रो विदेश नीतिमा अंकुश लगाउने चाल हो’ कतारी सरकारको सूचना कार्यालयका निर्देशक शेख सैफ बिन अहमद अल थानीले शुक्रबार जारी गरिएको एक विज्ञप्तीमा जनाएका छन् ।

‘अमेरिकी राज्य सचिवले नाकाबन्दी गर्ने देशहरुलाई एक तर्कपूर्ण र व्यवहारिक मागहरुको सूची पेश गर्न आग्रह गरेका थिए । यसैगरि ब्रिटिश विदेश सचिवले पनि ति मागहरु मापदण्ड अनुसारको र यथार्थपरक हुनुपर्ने जनाएका थिए । यो सूचीले ति मापदण्ड पुरा गर्दैन् ।’ विज्ञप्तीमा भनिएको छ ।

कतारले त्यस मागहरुको समिक्षा गरिरहेको छ र एक मुख्य कुटनीतिक संकटपछि साउदी अरबको नेतृत्वमा कतारमाथि नाकाबन्दि लगाएका अरब देशहरुले पठाएको मात्रपत्रको एक औपचारिक जवाफ दिने तयारी गरिरहेको बताएको छ ।

‘कतार सरकारले उक्त मागपत्रको अध्ययन गरिरहेको छ र त्यहाँ समावेश भएका मागहरुको आधारमा एक उचित जवाफ कुवेत सरकारको माध्यमबाट उनीहरुलाई पठाउने छ’ कतारी विदेश मन्त्रालयको एक विज्ञप्तीलाई उद्धृत गर्दै कतार न्युज एजेन्सीले भनेको छ ।
अमेरिकाको लागि कतारी राजदुत मेसल बिन हमाद अल थानीले पनि उक्त मागसूचीको चर्को आलोचना गरेका छन् ।

मागहरुको सूची
कुवेतले कतार संकट अन्त्य गर्नको लागि मध्यस्तकर्ताको भूमिका निभाइरहेको छ । जुन ५ देखि साउदी अरब, युनाइटेड अबर इमिरेट्स, बहराइन र इजिप्टले कतारले आतकंवादीलाई सहयोग गरेको आरोपमा सबै कुटनीतिक सम्बन्ध अन्त्य गर्दै कतारमाथि नाकाबन्दी लगाएका छन् ।

यी देशहरुले कतारमाथि लगाएको कुनै प्रमाण पेश गरेका छैनन् भने कतारले ति आरोपहरु आधारहिन भएको भन्दै खण्डन गर्दै आएको छ । शुक्रबार बिहान साउदी अरब नेतृत्वको गठबन्धनले कतारलाई १० दिनको समय दिँदै एक १३ बुँदै मागपत्र पठाएको खबरहरु सार्वजनिक भएका थिए ।

रिपोर्टहरु अनुसार उक्त मागपत्रमा कतार सरकारले सञ्चालन गर्ने चर्चित अलजजिरा मिडिया नेटवर्क बन्द गर्नुपर्ने, कतारमा रहेको टर्कीको मिलिटरी बेस बन्द गर्नुपर्ने र इरानसँग उसले सबै सम्बन्ध विच्छेद गर्नुपर्ने लगाएतका माग रहेका थिए । उक्त मागपत्रमा कतारको नीतिको कारण ति देशहरुले बेहोर्नुपरेको क्षतिपूर्तीबापत कतारले मोटो रकम तिर्नुपर्ने पनि माग रहेको बताइएको छ ।

एटलान्टिक काउन्सिलका एक सदस्य अमिर हन्दजानीले यसबारेमा कुरा गर्दै भनेका छन्, ‘साउदी नेतृत्वको गठबन्धनले धेरै आक्रामक व्यवहार प्रस्तुत गरेको छ मलाई लाग्छ यो उनीहरुको एक लामो बातचितको एक उद्घाटन हो तर यसले तनाव अझै बढ्ने देखिन्छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments