कतार प्रवेशमा रोक लगाएसँगै श्रमस्वीकृति स्थगित

मङ्लबार, फाल्गुन २७, २०७६



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाए सँगै सरकारले नेपाली कामदारलाई कतार प्रवेश गर्न रोक लगाएको छ ।

वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको हो ।  विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाई‌ंले जानकारी दिए ।  विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो ।  श्रम स्विकृत रोकिदा करिव तीन हजार कामदारको कतार जान रोकिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments