कतारमा विदेशीका लागि मिल्ने भयो स्थायी बसोवास

शुक्रबार, साउन २०, २०७४



काठमाडौं । कतारको सरकारी समाचार संस्था क्यूएनएका अनुसार सरकारले केही प्रवासीलाई स्थायी रुपमा बस्ने अनुमति (पर्मानेन्ट रेजिडेन्सी) दिने योजना बनाएको छ ।

कुनै पनि खाडी देशमा यस्तो खालको व्यवस्था भएको यो पहिलो योजना हो । जहाँ विदेशी श्रमिकमाथि उच्च निर्भरता छ । कतारमा नेपाली श्रमिकको संख्या पनि उच्च रहेको छ । प्रवासीलाई स्थायी वसोबास गर्न दिने व्यवस्थाले नेपाली कामदारलाई पनि फाइदा पुग्छ ।

क्याविनेटले यस मस्यौदालाई मञ्जुरी दिएको छ । तर यसका लागि केही शर्त राखिएको छ । मस्यौदामा कतारी महिलासँग विवाह गर्ने विदेशी नगरिकको बच्चा तथा राम्रो काम गर्ने प्रवासीलाई स्थायी रुपमा बस्ने अनुमति दिन लागिएको छ ।

विधेयकको प्रावधान अनुसार यस नयाँ कानूनको रुपमा योग्य प्रवासिलाई आन्तरिक मामला मन्त्री स्थायी निवासका लागि मञ्जुरी दिनेछन् ।

खाडी देशमा ठूलो संख्यामा विदेशी श्रमिक काम गर्छन् । उनीहरुलाई विरलै रुपमा त्यस देशको नागरिकता मिल्छ । कतारको कुल जनसंख्या करिब २७ लाख छ जसमा मात्र तीन लाख लगभग कतारका नागरिक हुन् ।

कतारमा विदेशीलाई स्थायी नागरिकता दिने विषयको विरोध हुँदै आएको छ । विदेशीलाई नगरिकता दिदा मूल आवादीको ढाँचामा परिवर्तन आउने भन्दै विरोध हुने गरेको छ ।

नयाँ कानूनका अनुसार स्थायी निवासको सुविधा पाउने प्रवासीले पहिलो पटक निशुल्क शिक्षा तथा स्वास्थ्य सुविधाका साथ आफ्नो सम्पत्ति बनाउने अधिकार प्राप्त हुन्छ । यस्ता नागरिकलाई आफ्नो व्यापार शुरु गर्नका लागि साझेदारको रुपमा कतारको स्थायी नागरिकको आवश्यकता पर्नेछैन ।

विश्वको सवैभन्दा धनी देश कतारमा २०२२ फुटबल वल्र्ड कपका लागि काममा जुटेका हजारौं प्रवासी कर्मचारीको स्थितिमा सुधारका लागि अन्तर्राष्ट्रिय दबाब छ ।

कतार सरकारले श्रम संशोधन लागू गरिरहेको बताएको छ । साउदी अरब, बहराइन तथा युएईले ५ जुनमा कतारमा चरमपन्थीलाई बढावा दिएको आरोपमा सम्बन्ध तोडेका थिए ।

उनीहरले अरबमा बसिरहेका कतारका नागरिकलाई १४ दिन भित्र देश छोड्न भनेको थियो भने आफ्ना नागरिकलाई कतार आउने जाने माथि प्रतिवन्ध लगाएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments