कतारले भन्यो, ‘अरव देशहरुसंगको सम्वन्धका लागि विदेशनीति नत्याग्ने’

शुक्रबार, जेष्ठ २६, २०७४



काठमाडौं । कतारले अरव देशहरुसंगको राजनीतिक सम्वन्ध सामान्य बनाउन आफ्नो विदेशनीति कुनै पनि हालतमा नत्याग्ने प्रतिबद्धता जनाएको छ । अतिवादीहरूसँग कतारको सम्पर्क रहेको भनी छिमेकी मुलुकहरूले आरोप लगाइरहँदा कतारको यो बयान आएको हो ।

विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले अहिले चर्किएको संकटलाई समाधान गर्नका लागि कूटनीतिक बाटोको अपेक्षा गरेको र यसको सैन्य समाधान हुन नसक्ने बताएको रोयटर्सले रिपोर्ट ग–यो । मुसलमानी अतिवादीको समर्थन गरेको दाबीलाई कतारले अस्वीकार गरेको छ ।

यसैबेलामा कतारको अल जजीरा नेटवर्कले आफूमाथि साइबर आक्रमण भइरहेको जनाएको छ । ‘अल जजीरा मिडिया नेटवर्कलाई वेबसाइट र सामाजिक सञ्जालहरूमा चौतर्फी आक्रमण भइरहेको छ,’ उसले ट्वीट ग–यो । अहिलेको विवादमा नेटवर्क पनि फसेको छ र अरू खाडी मुलुकले यसलाई मे महिनाको अन्त्यमा ब्लक गरेका थिए ।

साउदी अरबका विदेशमन्त्री ओमान पुगेर वार्ता गरिरहेका छन् तर यसका बारेमा अधिकारीहरूले केही खुलाएका छैनन् । ओमानले कतारविरुद्धको कारवाहीमा संलग्नता जनाएको छैन । साउदी अरब तथा अन्य राज्यले सोमवार कतारसँग कूटनीतिक तथा भ्रमण सम्बन्ध

विच्छेद गरेका थिए । कुवेतका अमिरले यस विवादमा मध्यस्थता गर्ने प्रयास गरेका छन् ।

वीवीसीबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments