एमसीसीको विरोधमा शिर्ष नेताको पुत्ला दहन

शुक्रबार, माघ १०, २०७६



डडेल्धुरा । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनता विरोधी भएको भन्दै  डडेल्धुराका युवाहरूले शिर्ष नेताको पुत्ला दहन गरेर विरोध प्रदर्शन गरेका छन् ।

एमसीसीको विरोधमा बिहीबार साँझ जिल्ला सदरमुकामको भीमदत्त सालिक नजिक उनीहरूले  प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेका हुन् ।

नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले जिल्ला सदरमुकाममा मोटरसाइकल र्यालीसमेत निकालेका थिए ।

एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीनविरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको अप्रदर्शनमा सहभागी युवा श्याम ओलीले बताए ।

साथै उनिहरुले मिडिया काउन्सिल विधेयक फिर्ताको मागसमेत गरेका छन् । सरकारले माग पूरा नगरे थप आन्दोलन चर्कोउने चेतावनी पनि दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments