रुसी राष्ट्रपति पुटिन भारतमा

शुक्रबार, अशोज १९, २०७५



काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिन दुई दिवसीय भारत यात्रामा छन् ।  भारतीय प्रधानमन्त्री मोदीसँग हुने वार्षीक द्धिपक्षीय शिखर बैठकका लागि राष्ट्रपति पुटिन बिहिबार भारत पुगेका हुन् । भारत यात्राको दौरान विमानस्थलमा भारतीय विदेश मन्त्री सुस्मा स्वराजले उनको स्वागत गरिन् ।

विमानस्थलबाट सिधै लोककल्याण मार्ग स्थित प्रधानमन्त्री निवास पुगेका राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको जनाइएको छ । भेटवार्ता पछि प्रधानमन्त्री मोदीले दिएको रात्री भोजमा उच्च स्तरिय रुसी भ्रमणदलका सदस्यहरु उपप्रधानमन्त्री युरि बोरिसोब, विदेशमन्त्री सर्गेई लावरोब र व्यापार एवं उधोग मन्त्री डेनिस मतुरोब सामेल भएका थिए ।

आज १९ औं भारत रुस वार्षिक शिखर सम्मेलनमा भारत र रुसबीच कयौं महत्वपूर्ण विषयमा हस्ताक्षर हुने जनाइएको छ । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, राष्ट्रपति पुटिन, भारतमा तपाईलाई स्वागत छ । बातचितको लागि उत्सुक छु । यसले भारत र रुसबीचको सम्बन्ध अझ प्रगाढ हुनेछ ।

रुसी समाचार एजेन्सी तासले जनाए अनुसार शुक्रबार भारत र रुसबीच महत्वपूर्ण विषयमा हस्ताक्षर हुनेछ । जसले रक्षा,अन्तरिक्ष,व्यापार, उर्जा र पर्यटनका क्षेत्रमा सहयोग र बढवा मिल्नेछ । सबैको ध्यान खिच्न सफल एस ४०० मिसाईल रक्षा प्रणालीमा सम्झौता हुनसक्नेछ । भारतको रुससँग हतियार खरिद प्रक्रियालाई अमेरिकाले नजिकबाट नियाली रहेको छ ।

भारतले संकेत दिएको छ , अमेरिकी प्रतिबन्धको बावजुद उनीहरु रुससँग सम्झौता गर्न तयार छन् । भारत आफ्नो सुरक्षाको निम्ती लामो दूरीको मिसाइल खरिद गर्न चाहान्छ । खासमा चार हजार किलोमिटर लामो चीन भारत सिमानाको निम्ती उनीहरु रुसी हतियारलाई अनिवार्य मान्दैछन् । बताइए अनुसार मोदी पुटिन इरानसँग तेल आयात गर्ने अमेरिकी प्रतिवन्धको बारेमा पनि कुरा गर्न चाहान्छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata