आठ गोल गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिप्लिएर लडे

शनिबार, बैशाख २८, २०७६



एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आइस हकीको प्रदर्शनी खेल सकिएपछि जितको खुसीयालीमा मैदान घुम्दै थिए। अकस्मात  चिप्लिएर लडे।

Screenshot_20190510-175054

टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण हुने यस मैत्रीपूर्ण आइस हकी खेलमा राष्ट्रपति पुटिन नियमित भाग लिन्छन्।

आइस हकीको राष्ट्रिय लिगका पूर्व खेलाडी सम्मिलित टोलीबाट खेल्दै पुटिनले त्यस खेलमा आठ गोल गरेका थिए ।पुटिनको गोलको सहायताले सो खेलमा उनको टोली १४-७ ले विजयी भएको बताइएको छ। प्रतिद्वन्दी टोली भने सोखिन खेलाडीहरूको थियो।

gettyimages-1142590748-1

भिडियोमा पुटिन खेलपछिको कार्यक्रमका लागि राखिएको रातो कार्पेटमा लडेको र तुरुन्तै उठेको देखिन्छ।

जुडोका ब्ल्याक बेल्ट

राष्ट्रपति पुटिन जुडोका पनि ब्ल्याक बेल्ट खेलाडी हुन्।

६६ वर्षीय पुटिन तत्कालीन लेनिनग्राद( सेन्ट पिटर्सवर्ग)  मा हुर्किए, जहाँ उनको आफूभन्दा ठूला स्थानीय किशोरहरूसँग झगडा पर्थ्यो। त्यसले उनलाई जुडो सिक्न उक्सायो।

क्रेमलिनको वेबसाइट अनुसार स्कूले शिक्षा नसकिकनै पुटिन तत्कालीन सोभियत जासुसी संस्थामा काम गर्न चाहन्थे।

सन् २०१५ को अक्टोबरमा एक अवसरमा बोल्दै पुटिनले भनेका थिए: “यदी झगडा अवश्यम्भावी छ भने पहिलो प्रहार आफैँ गर।”

पुटिनले आफ्नो बलियो पुरुषको छवि मनपराउँछन्। सन् २००० मा उनले चेच्न्यामा लडाकू जहाज उडाएका थिए भने सन् २०११ मा रुसी बाइकरहरूको मेलामा उनी पुगेका थिए।

खेलमा चाहिँ उनी आइस हकी र जुडोका सोखिन छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank