सरकारले ल्याएको विधेयकप्रति पुस्तक व्यवसायीहरुको आपत्ति

मङ्लबार, असार १०, २०७६



काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले सरकारले ल्याएको विधेयकप्रति आपत्ति जनाएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको पुस्तक आयात गर्ने गरिएको व्यवस्थाप्रति आपति प्रकट गरेको हो ।

विश्व बजारमा पुस्तकमा भन्सार नलाग्ने र विद्यालय तहका पुस्तकहरु प्रकाशन र वितरणमा आत्म निर्भर हुदाँ हुँदै पनि विदेशी पुस्तकहरुको प्रचुरताका कारण नेपाली प्रकाशन र मुद्रणहरुले समस्या भोग्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा विदेशी पाठ्य पुस्तक अध्यापन गराउँदा बालमष्तिस्कमा नराम्रो असर पर्ने र त्यस्ता पुस्तक अध्यापन गराउँदा नेपाली संस्कृति, पर्यटन, मौलिकता र राष्ट्रियतामाथि समेत आँच आउने गरेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank