शुक्रबार सम्म पार्टी एकतालाई अन्तिम रुप दिने तयारी भइरहेको छ : अध्यक्ष प्रचण्ड

बिहिबार, बैशाख १३, २०७५



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियालाई मूर्त रुप दिन एकता समबन्धि दस्तावेजहरुलाई शुक्रबार सम्म अन्तिम रुप दिने तयारी रहेको बताएका छन् ।

रौतहटको चन्द्रपुरमा बिहीवार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले एमाले र माओवादी पार्टी एकतालाई भाड्न विदेशी शक्ति लागीपरेको भन्दै अहिले सिंगो देशले एकता चाहेको र त्यो एकता सम्मानित,न्यायोचित र समानताका आधारमा गर्न सक्छौ कि सक्दैनौ भन्ने चुनौती रहेको बताएका छन् ।

उनले पार्टी एकता जनताबाट अनुमोदिन भइसकेको उल्लेख गर्दै वाम एकता साझा एजेण्डा भएको जनाएका छन् । एकता भाँड्न विदेशी शक्ति लागिपरेकाले त्यसका विरोद्धमा उत्रन कार्यकर्तालाई आव्हान समेत गरेका छन् ।

225 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank