सिमा अतिक्रमणबारे सरकार मौन रहनु रहस्यमय: कांग्रेस सचेतक भुसाल

सोमवार, पुस ७, २०७६



भक्तपुर । नेपाली काँग्रेस संघिय संसदका सचेतक पुष्पा भुसालले दुइ तिहाईको सरकार सिमाको बिषयमा मौन रहनु रस्यमय भएको बताएकी छन । राजधानीमा  आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपाली सिमा भारतले मिचेको बिषयमा यती लामो समय सम्म पनि मौन रहनु र क्याबिनेटबाट कुनै निर्णय गर्न नसक्नु रहस्यको बिषय भएको बताएकि हुन ।

उनले सरकारले केवल सिंहदरवारलाई मात्र मजबुत बनाउने खेलमा लागेका कारण संघियता खतारमा परेको आरोप लगाउँदै प्रदेश सरकार र स्थानीय सरकारमा सिंहदबारको अधिकार भन्दा भ्रष्टाचारको पहुँच पुगेको दाबी गरिन ।

 वर्तमान सरकारले ट्रष्टको नाममा रहेको जग्गा आफ्नो गुण तिर्न जसरी कौडिको मूल्यमा उपलब्ध गराउँदै छ यसले पनि सरकार कति भ्रष्टाचारमा डुबेको छ भन्ने प्रष्ट भएको उल्लेख गरिन । उनले कम्युनिष्ट सरकार कानुन भन्दा माथि जान खोजेको र भ्रष्टाचार,हिंसा र हत्यालाई प्रश्य दिएको आरोप लगाइन ।

वर्तमान सरकारले अनुसन्धान बिभागको विशेष सेवा गठन ऐन संसोधन गर्न संसदमा प्रबेश गराएको र अनुसन्धान बिभागलाई ब्यक्तिको घर खोज तलासका साथै फोन ट्यापिङ गर्ने अधिकार दिएर ब्यक्तिको स्वतन्त्रता र मौलिक हक अधिकारको उलंघन गर्न खोजेको आरोप लगाइन । फरक प्रशंगमा बोल्दै सचेत भुसालले नेपाली काँग्रेसले अब गुट उपगुटको राजनीतिलाई चिर्दै सभापतिले बिचारको राजनीतिलाई अग्रसरता दिने जनाएकी छिन ।

 नेपालको बिदेश नीति सत्तामा बस्न र नीजि स्वार्थका लागि मात्र प्रयोग भएको भन्दै बिदेश नीतिमा पक्ष  प्रतिपक्ष भन्दा पनि सबै एक भएर अघि बढ्नु पर्नेमा उनले जोड समेत दिएकी छिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments