पुष्पा कोहली बनिन् पाकिस्तानको पहिलो हिन्दु पुलिस अधिकृत

शुक्रबार, भदौ २०, २०७६



एजेन्सी  । पाकिस्तानी हिन्दु महिला पुष्पा कोहली  एसीसटेन्ट सब इन्स्पेक्टरको रुपमा सिन्धु प्रहरी फोर्समा प्रवेश गरेकी छिन् । पाक्सितानी ह्युमन राइट्स र ब्लगर कपिल देवले ट्वीटरमा पोस्ट गर्दै यस घटनाबारे जानकारी दिएका हुन्  ।

हाल कोहली सोसियल मिडियामा भाइरल बनिरहेकी छिन् । कोहली पाकिस्तानको पहिलो हिन्दु महिला हुन्, जो सिन्ध प्रहरीमा एसआइको पदमा प्रवेश गरेकी छिन् । सिन्धमा भएको प्रतियोगी परिक्षामा पास गर्नासाथ् कोहली सो पद प्राप्त गरेकी हुन् ।

इन्डियन एक्सप्रेसको अनुसार, पाकिस्तानमा लगभग ९० लाख हिन्दु रहन्छन्, सबैभन्दा ज्यादा हिन्दु सिन्ध प्रान्त आसपास रहेका छन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata