राष्ट्रिय योजना आयोग अब पुरानो ढर्राले चल्दैनः उपाध्यक्ष कँडेल

शनिबार, बैशाख १५, २०७५



राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि नीति र योजना बाड्ने बताएका छन् । शनिवार त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय ब्यवस्थापन बिभागद्धारा आयोजित कार्यक्रममा उपाध्यक्ष प्रा.डा. कँडेलले योजना आयोगलाई पुरानो ढर्रा भन्दा माथि उठेर अगाडि बढ्ने स्पष्ट पारे ।

उनले अव सिहंदरवारमा बसेर योजना बनाउने प्रवृति भन्दा माथि उठेर मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र निति निर्माण गरिने बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई सम्वोधन गर्दै मुलुकमा कुशल ब्यवस्थापकको खाँचो रहेको औल्याए ।
उनले केन्द्रीय बिभागले आयोजना गरेको म्याराथुन दौडमा उत्कृष्ट धावकलाई पुरस्कार बितरण गदै बिभिन्न प्रतियोगिताका सहभागीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय ब्यवस्थापन विभागका प्रमुख प्रा. डा. भोजराज अर्यालले बिश्वबिद्यालयको ब्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समय सापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको ब्यवस्थापन गर्नुपर्ने बताए ।

मध्य पश्चिमाञ्चल बिश्वबिद्यालयका उपकुलपति डा. उपेन्द्र कोइरालाले व्यवस्थापन शिक्षालाई नेतृत्व तहसम्म पुर्याउन शिक्षा प्रणालीलाई थप जिम्मेवारपूर्ण बनाउनुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय ब्यवस्थापन संकायका प्राध्यापक डा सुनिती श्रेष्ठ, ब्यवस्थापनबिद् र बैक तथा बित्तिय सस्थाका प्रतिनिधिहरुले ब्यवस्थापनको क्षेत्रमा देखिएको चुनौतीको बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा म्याराथुन धावक बैकुण्ठ मानन्धरले म्याराथुनको उद्धघाटन गरेका थिए भने व्यवस्थापन विभागले विभिन्न प्रतियोगिताको आयोजना गरेको थियो ।

141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank