पूर्वशिक्षामन्त्री धनीराम पौडेल रहेनन्

शुक्रबार, जेष्ठ ३१, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षामन्त्री  धनीराम पौडेलको निधन भएको छ । पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित आफ्नै निवासमा निधन भएको हो ।

शुक्रबार बिहान  घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पौडेल बिहीबार मात्रै आफ्नो निर्माणाधीन घर ढलानका लागि चितवन पुगेका थिए । उनका दुई छाेरी र श्रीमती छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata