प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान

आइतवार, भदौ २४, २०७५



काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी  चिन्ह प्रदान गरेको छ । प्रधानसेनापतिमा सिफारिस भएका थापालाई राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीले दर्ज्यानी  चिन्ह प्रदान गरेकी हुन् ।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य नेताहरुको पनि सहभागिता थियो । थापालाई साउन १० गते मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले अाजै पद तथा गाेपनीयताकाे सपथ ग्रहण समेत गरेका छन्।

 थापा ४३ अाै‌ प्रधानसेपतिकाे रुपमा  आजै सैनिक मुख्यालय जंगी अड्डा पुगेर कार्यभार सम्हालेका छन् ।

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank