संसारमै शुद्ध हावा पाइने देश फिनल्याण्ड

बिहिबार, मंसिर ६, २०७५



जेनेभा । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार वर्तमान विश्वमा सबैभन्दा शुद्ध हावा पाइने मुलुकमा फिनल्याण्ड पहिलो नम्बरमा रहन सफल भएको छ । एसिया र युरोपका थुप्रै मुलुक मात्र हैन अमेरिका समेत वायु प्रदुषणको चपेटामा परिरहेको समय युरोपकै मुलुक फिनल्याण्ड आफुलाई हरित क्रान्ति गर्दे शुद्ध हावा कायम राख्ने देश बन्न सफल भएको हो ।

विश्वका प्रदुषित २० शहर मध्ये १० वटा भारतमा रहेको रिपोर्टमा जनाइएको छ । अशुद्ध हावाको कारण दम, क्यान्सनर, मुटु, रोग जस्ता गम्भीर विरामी निम्त्याउने मात्र हैन नयाँ नयाँ रोगले जन्म लिने गरेको छ ।

penland

डब्लु एचको ओ को रिपोर्ट मुताविक फिनल्याण्डमा प्रति क्युविक मीटरमा सबै भन्दा धेरै लगभग ६ माइक्रोग्राम कण फेला परेको छ । जुन दुनियाँभरमा मापन गरिएको प्रदुषणको कणमा सबै भन्दा कम हो । फिनल्याण्डपछि स्वीडेन, क्यानडा, नर्बे र आइसल्याण्डमा हावा प्रदुषण कम रहेको जनाइएको छ । फिनल्याण्डमा सबैभन्दा शुद्ध हावा पाइने बताइएको रिपोर्टमा २.५ पिएम भन्दा तल २ माइक्रोग्राम कण पाइएको छ । जबकी भारतीय शहरमा ३३९ आंकडा पार गरेको दिल्ली सरकारले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata