कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ विजयी

शनिबार, मंसिर १४, २०७६



कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ विजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्।

प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ। आज भएको मतदानमा उक्त स्थानमा ९ सय २४ मत खसेको थियो।

स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उप निर्वाचन भएको हो।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata