व्याडमिन्टन संघ बाजराद्धारा पुनमलाई सम्मान

आइतवार, फाल्गुन २०, २०७४



बाजुरा । अन्तर्राष्ट्रिय पदक विजेता पुनम रावललाई व्याडमिन्टन संघ बाजराले सम्मान गरेको छ । खेल क्षेत्रबाट राष्ट्रको पहिचान बढाउन खेलेको भूमिकाको दोसल्ला सहीत नगद पुरस्कारबाट सम्मान गरेको हो ।

संघले नगद १९,५०० सहीत प्रमाण पत्र मार्फत सम्मान गरेको जिल्ला अध्यक्ष मानबहादुर थापाले बताएका छन् । जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

पुनमले भारतको नयाँ दिल्लीमा भएको प्रथम ईन्डियन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा पहिलो अन्तर्राष्ट्रिय पदक हात पारेकी थिईन । नेपाली सेनामा कार्यरत रावल विदामा घर आएको अवसरमा विभिन्न निकायले सम्मान गर्ने गरेका छन् ।

जिल्लाको मात्र नभई सिंगो देशलाई दक्षिय एसियाभरी चिनाउन सफल रावलको आगामी यात्रा सफल रहोस भन्ने कामना सहीत देशको सम्पतीलाई उर्जा र उत्सासका साथै हैसला प्रदान गर्न पर्नेमा अध्यक्ष थापाले जोड दिएका छन् ।

१० वर्ष पछि अन्तर्राष्ट्रिय पदक विजेता रावललाई थप उर्जा र उत्साह लागि संघले सम्मान गरेको सदस्य नरेन्द्र थापाले बताएका छन् । थापाले नै कार्यक्रमको सञ्चालन गरेका हुन् । नगद रकम व्याडमिन्टन खेलाडीले व्यक्तिगत रुपमा संकलन गरेर सहयोग गरेका हुन् ।

कास्य पदक विजेता रावललाई शनिबार मात्र बडिमालिका नगरपालिकाले १० हजार नगद सहीत सम्मान गरेको थियो । सम्मान ग्रहण गर्दै रावलले बाजुराबाट सुरु गरेको खेल यात्राले अन्तर्राष्ट्रिय पदक जित्न पाउँदा खुसी लागेको बताएकी छन् ।

दक्षिय एसिया स्तरीय खेलबाट सिकेको अनुभवलाई एसिया स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्य रहेको रावलको भनाई छ । पुनम बाजुराको बडिमालिका नगरपालिका ८ की स्थायी बासीन्दा हुन् ।

खेलमा महिला लाइट वेल्टरवेट ६४ केजी तौलसमूह समूह अन्तरगत पुनम रावल सेमिफाइनल खेलमा भारतीय खेलाडी प्विलओ बशुमत्राई सँग पराजित हुँदै कास्य पदक जितेकी हुन् ।

बाजुरामा जन्मीएर अन्तराष्ट्रिय स्तरमै जिल्लाको शिर उचो राख्ने र राष्ट्रको प्रतिष्ठा शान बढाउने काम गरेको प्रति सिंगो जिल्ला नै खुसी बनेको छ । यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराले पनि रावललाई नवौ जिल्ला अधिवेशनको अवसर पारी सम्मान गरेको छ ।

258 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank