अन्तराष्ट्रिय पदक विजेता पुनमलाई गृह जिल्लामा सम्मान

शनिबार, फाल्गुन १९, २०७४



बाजुरा। अन्तराष्ट्रिय पदक विजेता पुनम रावललाई बडिमालिका नगरपालिकाले सम्मान गरेको छ । देश र जिल्लाको प्रतिष्ठा उचो बढाउने खेलेको भूमिकाको कदर गर्दै दोसल्ला सहीत नगर पुरस्कार दिएर सम्मान गरेको हो ।

पुनमले भारतको नयाँ दिल्लीमा भएको प्रथम ईन्डियन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा पहिलो अन्तर्राष्ट्रिय पदक हात पारेकी थिईन । नेपाली सेनामा कार्यरत रावल विदामा घर आएको अवसरमा नगरपालिकाले एक समारोहका बीच सम्मान गरेको हो । रावलले कास्य पदक जितेकी थिईन ।

नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट सहीत जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, कांग्रेस सभापति कविराज पण्डित, एमाले नेता भरत थापा, माओवादी नेता गोरख रोकाया नगरपालिकाका वडा अध्यक्ष तथा सरोकारवाला निकायको भव्य उपस्थितिमा सम्मान गरिएको हो ।

पुनम बाजुराको बडिमालिका नगरपालिका ८ की स्थायी बासीन्दा हुन् । खेलमा महिला लाइट वेल्टरवेट ६४ केजी तौलसमूह समूह अन्तरगत पुनम रावल सेमिफाइनल खेलमा भारतीय खेलाडी प्विलओ बशुमत्राई सँग पराजित हुँदै कास्य पदक जितेकी हुन् ।

बाजुरामा जन्मीएर अन्तराष्ट्रिय स्तरमै जिल्लाको शिर उचो राख्ने र राष्ट्रको प्रतिष्ठा शान बढाउने काम गरेको प्रति उच्च सम्मान भाव व्यक्त गरिएको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

आमासँगै सम्मान ग्रहण गर्न पुगेकी रावलले भने जिल्ला बासीले देखाएको माया र सद्भाव प्रति खुसी व्यक्त गरेकी छन् । औपचारिक रुपमा बोल्न नमानेकी रावलले अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त गरेको खुसी सिंगो देश र बिशेषगरी खेल बाजुराको खुसी भएको बताएकी छन् ।

punam2

नेपाली सेनामा कार्यरत रावलले जिल्ला खेलकुद विकास समिति बाजुराबाटै खेल जीवन सुरु गरेकी हुन् । सामान्य प्रशिक्षण, सीमित भौतिक पूर्वाधार तथा खेल सामाग्रीका बीच पनि अन्तर्राष्ट्रिय व्यक्तित्व बनाउन सफल भएकोमा समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा रावलको खेल जीवन सुरुगर्दाका रेफ्री योगेन्द्र थापापनि सहभागि थिए ।

329 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank