सरकारले पुल्चोकमा रहेको मन्त्री निवासलाई हटाउने

बिहिबार, मंसिर २०, २०७५



काठमाडौं । सरकारले पुल्चोकमा रहेको मन्त्री निवासलाई हटाउने भएको छ । पुल्चोकमा रहेका मन्त्री क्वाटर हटाएर विशिष्ट व्यक्तिका लागि आधुनिक गेष्ट हाउस बनाउने निर्णय सरकारले गरेको छ । मन्त्री क्वाटर ललितपुरकै भैंसेपार्टीमा सार्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रीहरुको आवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरेको बताए ।

उनले हाल मन्त्री निवास रहेको पुल्चोकमा भने विशिष्ट व्यक्तिहरुको आवासका लागि १० वटा आधुनिक गेस्ट हाउस बनाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद बैठकले लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने पनि निर्णय गरेको छ ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank