निर्माण कार्य सुरु भएकाे ८ वर्षपछीे पुल संचालन

सोमवार, कार्तिक १२, २०७५

- प्रमित वि.क.



बाजुरा ।   साफे मार्तडी सडक खण्ड अन्तरगत  बाजुराको गुइगाड खोलामा निर्मित पक्की पुल संचालनमा आएको छ    ।वि.स. ०६८ सालमा निर्माण कार्य सुरु गरिएको उक्त पुल ८ बर्षपछि संचालनमा आएको हो ।

पुल निमार्णका लागि २०६८ सालमा ठेक्का सम्झौता भएको थियो । जसको निर्माण २०७० असार मसान्तसम्म सक्नुपर्ने सम्झौता  रहेकाे थियाे ।  २०७० साउन मसान्तभित्र काम पूरा नभएपछि सडक विभागले पुनः काम गर्ने गरी सोही रकममा कम्पनीलाई  २०७१  असारसम्म म्याद थप गरेको थियो । तर, २०७१ सालमा समेत पुल निमार्ण गर्ने नसक्दा पुःन तेस्रो पटक म्याद थपेर काम गरेको थियो ।

८ वर्षपछि पुलको निर्माण भएपछि संचालनमा ल्याउन बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बराल, बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाटले संयु्क्त रुपमा उद्घाटन गरेका छन्।  अछामको साफेँ वगरदेखि सदरमुकाम मार्तडीसम्मको सडकको सिलानास गरिएको २४ वर्ष पुगेको छ ।   २ वर्ष अघि देखि मात्र बाजुराको सदरमुकाम मार्तडीबाटै बस सेवा संचालनमा आएको भएपनि वर्षातको समयमा गुईगाड खोलामा पुल निर्माण नभएकोले यातायात अबरुद्ध हुने गरेका थियो ।

गुईगाड खोलामा पक्की पुल निर्माणका लागि कालिका कन्स्ट्रक्सनका ठेकेदार तथा परसुराम नगरपालिका डडेल्धुराका नगर प्रमुख भिम साउँदले ठेक्का लिएका थिए । पुल निर्माणको लागि  जम्मा रकम सात करोड, ४६ लाख, सात हजार रहेको  छ । गुईगाड खोलाको पुल निर्माण भई संचालनमा आएपछि सवारी साधानहरुले खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले पुल संचालन भएपछि जोखिमपुर्ण यात्रा गनु पर्ने समस्या  हटेको छ ।

225 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank