१ करोड ८० लाख नागरिक बैंकको पहुँचमा छैनन

मङ्लबार, पुस १०, २०७५



काठमाडौं । आधाभन्दा बढी नागरिकको बैंकमा पहुँच नभएको देखिएको छ । अहिले पनि ६० प्रतिशत जनताको बैंकसम्म पहुँच नै नरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नर प्राडा चिरञ्जीवी नेपालले संसदीय समितिलाई त्यो जानकारी गराएका हुन ।

प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जानकारी दिँदै भने “अहिले पनि ६० प्रतिशत जनताको बैंकसम्म पहुँच नै छैन ।”

नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ ।

सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पु¥याउने नीतिअनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ । सोही बैंकमार्फत् सरकारको आफ्नो सञ्चित कोष सञ्चालन गरेको छ ।

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा सरकारले पूँजी बजारलगायत समग्र वित्तीय सुधारका लागि वित्तीय सुधार समन्वय समिति गठन गरेको थियो । समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्री डा युवराज खतिवडासमक्ष प्रस्तुत गरिसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata