काठमाडौँको चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान

मङ्लबार, फाल्गुन २१, २०७५



काठमाडौँ ।  गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले  काठमाडौँ महानगरपालिकाको चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान गरेको छ । कामपाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख धु्रव काफ्लेका अनुसार मानिसको आवतजावत र किनमेल बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी रहेको छ ।

हालसम्म पहिचान भएका स्थानमा बबरमहलमा नेपाल कला परिषद्को अगाडि, थापाथली बसस्टप, बानेश्वर मन्दिर अगाडि, कोटेश्वर चोकको पूर्वतर्फ, टेकुको नेशनल ट्रेडिङ अगाडि, कलङ्की मेट्रो हल आसपास, बालाजु, बाइसधारा, सीतापाइला बसस्टप, माछापोखरीलगायतका स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।

यससँगै गौशाला, तीनकुने, त्रपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध सालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिस छन् ।

हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् । ती सार्वजनिक शौचालयमध्ये २८ प्रयोग गर्न मिल्ने अवस्थामा छन् । बाँकी ३० मर्मत नगरी प्रयोग नै गर्न नमिल्ने कामपा स्वयंले स्वीकार गरेको छ ।

एकाइ प्रमुख काफ्लेले अहिले सञ्चालनमा रहेका कतिपय शौचालयमा पानी, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्नसके मात्रै पनि तत्काल सुधार देखिने बताए।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिएका थिए । स्थान पहिचान भएसँगै अब लागतसहितको डिजाइन तयार गर्नेछ ।

लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank