सार्वजनिक बिदा कटौति गर्दै सरकार

शुक्रबार, चैत्र ९, २०७४



काठमाडौं  । सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ । बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा ‘क’का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ ।

गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताए ।

शर्माले भने,-हामीले कुन दिन बिदा दिनुपर्ने र कुन दिन नदिँदा हुने भनेर मंगलबार रायसहित पठाएका छौँ ।-सरकारले आवश्यक निर्णय गर्छ, त्यसमा केही थपघट हुनसक्छ ।

-धार्मिक र सांस्कृतिक बिदा त्यही समुदाय र वर्गमालाई मात्र दिन सकिने र सेवाग्राहीको दैनिक कामकाजमा प्रभाव पार्न नहुने शाखाको प्रस्ताव छ । समाचारपत्रमा  छापिएको छ ।

209 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank