दिल्लीमा वायु प्रदुषण अत्याधिक बढ्यो, पब्लिक हेल्थ इमर्जेन्सी घोषणा

शनिबार, कार्तिक १६, २०७६



एजेन्सी । भारतको राजधानी दिल्लीमा प्रदुषणको स्तर बढेपछि त्यहाँको सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । केजरीवाल नेतृत्वको सरकारले दिल्लीका सबै विद्यालय नोभेम्बर पाँच सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

दीपावलीपछि  दिल्लीको वायु निकै प्रदूषित बनेको छ । मानिसहरुलाई स्वास फेर्न समेत अप्ठ्यारो भइरहेको थियो । अस्पतालमा बिरामीहरुको संख्या लगातार बढिरहेको छ ।

भारतीय समाचार एजेन्सीहरूले जनाइएअनुसार त्यहाँको वायुमा खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मानकभन्दा २० गुणा ज्यादा भेटिएको छ । यसअघि दिल्लीका विद्यालयहरुमा प्रदूषणबाट बच्न मास्क वितरण गरिएको थियो ।

हावाको गुणस्तरमा आएको गम्भीर गिरावटलाई मध्य नजर राख्दै त्यहाँको सुप्रीम कोर्टले दिल्लीका साथै छिमेकी राज्यमा पनि केही कुराहरुमा प्रतिबन्ध लगाउने आदेश दिएको छ ।

पर्यावरण प्रदूषण प्राधिकरणले पाँच नोभेम्बरसम्म सबै किसिमका निमार्णको कार्यमा रोक लगाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata