पब्जीले लियो ज्यान !

सोमवार, चैत्र ११, २०७५



भारत । युवा युवती माझ अत्यन्त चर्चित एवम लोकप्रिय पब्जी गेम दिन प्रतिदिन घातक बन्दै गरेको समाचार मिडियामा आएका छन् ।  पब्जीको कुलतमा लागेका मानिसहरु कसैको स्वास्थ्य अवस्था विग्रेको छ भने केहीले जीवन गुमाउन बाध्य भएका छन् ।

भारतीय राज्य पञ्जाबमा केहि समय पहिला रेलको लिकमा बस्दै पब्जी गेम खेल्दै गरेका दुई युवाको रेलको ठक्करबाट मृत्यु भएको थियो । त्यस्तै गरि मध्य प्रदेशमा एक युवकले खेलको दौरान पानी सम्झेर एसिड पिएका थिए । पछिल्लो समय तेलगाना राज्यको जगतियाल निवासी २० वर्षीय युवकको पब्जीका कारण मृत्यु भएको छ ।bubg3

उक्त युवकले लगातार ४५ दिन देखी पब्जी खेलेको कारण अस्पताल भर्ना गरिएको थियो । लामो समय पब्जीमा ध्यान मग्न युवकको गर्दनका नसा गम्भीर रुपले क्षतीग्रस्त हुँदा उनको मृत्यु भएको हो । युवा युवतीले अत्यन्त मन पराएको पब्जी खेल ठीक ढंगले प्रयोग गरे ब्रेनलाई बदल्न सकिने वैज्ञानिकले जनाए पनि पछिल्लो समय यसको कारण नयाँनयाँ समस्या थपिएका छन् । दिनमा छोटो समय मात्र पब्जी खेल्नु पर्नेमा नसा नै बन्न थालेको यस गेमले सकारात्मक प्रभाव भन्दा नकारात्मक असर थप्दैछ ।

pubg2

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata