पीएसजी विजयी, नेइमारलाई अन्तिम मिनेटमा रातो कार्ड

सोमवार, फाल्गुन १२, २०७६



फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । तर खेलको अन्तिम मिनेटमा नेयमारले रातो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए । पीएसजीले बोर्डक्सलाई ४–३ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा नेइमार इन्जुरी समयको दोस्रो मिनेट अर्थात ९२ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् ।

पीएसजीका लागि २५ औं मिनेटमा एडिन्सन काभानीले गोल गरे । यस्तै मार्क्वीन्होले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेट तथा ६३ औँ मिनेटमा गोल गरे ।

केलियन एमबाप्पेले ६९ औं मिनेटमा गोल गरेका हुन् । बोर्डक्सका लागि वाङ्गले १८ औँ मिनेट, नास्किमेन्तो डी क्यास्ट्रोले पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेट तथा पार्डोले ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्षस्थानको पिएसजीको २६ खेलबाट ६५ अंक भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments