अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

बिहिबार, असार १२, २०७६



धादिङ । धादिङ जिल्लाको  गल्छी गाउँपालिका-६ स्थित महेशदोबान सडकमाथि थुप्रिएको बालुवा र लेदोको कारण अवरुद्ध भएको सडक सुचारु भएको छ । धादिङ प्रहरीले जनाएअनुसार रातको २ बजे देखि अवरुद्ध सडक बिहान ९ बजेर २७ मिनेटमा संचालनमा आएको हो ।

सडक माथिबाट बालुवा र लेदो बग्दै आएको कारण करिब १० कि.मि. सडकमा दुइतर्फी यातायात जाम भएको थियो । बालुवा व्यवसायीले जथाभावी डोजर लगाउँदा उक्त समस्या सिर्जना भएको स्थानीयवासीले जनाएका छन् ।

गएराती भारी वर्षा हुँदा पानीले बालुवा र लेदो बगाएर सडकमाथि थुपार्दा पृथ्वी राजमार्ग अवरुद्ध हुन् पुगेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank