गलत मान्छेलाई सिफारिस गरेको भन्दै, सुनुवाई समितिमा प्रधानमन्त्री बोलाउन प्रस्ताव

सोमवार, असार २३, २०७६



काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा प्रधानमन्त्रीलाई बोलाउन प्रस्ताव गरिएको छ । सोमबार देखि प्रस्तावित चार देशका राजदूतहरुको नाम अनुमोदन गर्नका लागि बसेको संसदीय सुनुवाई समितिको बैठकमा उक्त प्रस्ताव आएको हो ।

सरकारले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको थियो। सरकारले पटक-पटक गलत मान्छेलाई सिफारिस गरेको भन्दै प्रतिपक्षी दलका सांसद भीमसेनदास प्रधानले नाम अनुमोदन गर्न प्रधानमन्त्रीलाई नै बोलाउन प्रस्ताव गरेका हुन ।

बंगलादेशका प्रस्तावित राजदूत मिश्रको सुनुवाई सकिएपछि बैठकको समापनका क्रममा सांसदले उक्त प्रस्ताव गरेका हुन । उनले अस्ट्रेलियाका लागि प्रस्तावित महेश दाहाल प्रति लक्षित हुँदै उक्त प्रस्ताव लिएका हुन ।

दाहालको श्रीमती प्रभा दाहाल अमेरिकाको पिआर होल्डर रहेको भन्दै समितिमा दुईवटा उजुरी परेका छन । प्रधानले प्रधानमन्त्रीलाई बैठकमा नबोलाए बैठक बहिस्कार गर्ने चेतावनी समेत दिएका छन । समितिको अर्काे बैठक आज ३ बजे पून: बस्ने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata