राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्प कँडेल नियुक्त

मन्त्रिपरिषद बैठकः नियुक्ति, स्वीकृति र उच्चस्तरीय समिति गठन

मङ्लबार, बैशाख ११, २०७५



काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले कँडेललाई उपाध्यक्षमा नियुक्त गरेको संचार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । एमाले केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

सदस्यहरूमा कृष्णप्रसाद ओली, प्रा.डा. उशा झा, दिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मिनबहादुर शाही, डा. रामकुमार फुँयाल नियुक्त भएका छन् ।

यस्तै मन्त्रिपरिषद बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग र राष्ट्रिय सभा सदस्य निर्वाचन गर्न बनेको अध्यादेश तथा राष्ट्रिय चिकित्सा ऐन जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सरकारी पदाधिकारीहरू र उच्च पदस्थ कर्मचारीहरूका समेत लागि वैदेशिक भ्रमण व्यवस्था निर्देशिका स्वीकृत गरिएको छ । कैलालीमा सञ्चालित रानी जमरा सिंचाई आयोजना दोस्रो चरणको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आउने ६ अर्व ८६ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तीलगंगा आँखा अस्पतालका लागि १० करोड अनुदान दिने निर्णय समेत भएको छ ।

488 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank