अनुमति विना नै नीजि विद्यालय संञ्चालन

शुक्रबार, जेष्ठ १०, २०७६



बाजुरा । नीजि विद्यालयलाई राज्यले व्यवस्थीत गर्दै लैजाने नीति भएको भए पनि जिल्लाका कतिपय क्षेत्रमा अनुमति विना नै विद्यालय संञ्चालन भइरहेका छन् ।

खप्तड छेडेदह गाउँपालिकामा अनुमति विना नीजि विद्यालय संञ्चालन गरिएको पाइएको हो । गुणस्तरिय शिक्षा प्रदान गर्ने नाममा बोर्डिङ स्कुल संञ्चालन गर्दै चर्काै मुल्य असुल्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हर्क रावतले संञ्चालन गरेको प्रुडेन्ट पब्लिक स्कुल तत्कालिन जिल्ला शिक्षा कार्यालय बाजुराबाट कक्षा चारसम्मको अनुमतिपत्र लिएको र बीचमा ७/८ वर्षको ग्यापपछि फेरी स्कुल संञ्चालन गरिएको जनाएको छ ।

त्यस्तै चन्द्र राउत र महेश जोशीले संञ्चालन गर्दै आएका छेडेदह गाउँपालिका-४ मा रहेको मस्टा एकेडेमी अनुमति बिना संञ्चालन भइरहँदा पनि गाउँपालिका र शिक्षा इकाई मौन रहेको स्थानीयको आरोप रहेको छ ।

अनुमति बिना संञ्चालनको बारेमा गाउँपालिकालाई सामान्य जानकारी बाहेक कुनै आधिकारी उजुरी नआएको गाउँपालिका अध्यक्ष नरबहादुर राउतले नेपालपाटीलाई जानकारी दिए । अध्यक्ष राउतका अनुसार गाउँपालिकामा गुनासो आउने वित्तिकै स्रोत व्यक्ति हिरालाल रेग्मीलाई त्यसको यथार्थबारे जानकारी गराउन निर्देशन दिएको बताए । कानूनी प्रक्रिया भन्दा बाहीर भए स्कुल बन्द हुनेमा ढुक्क हुन अध्यक्ष राउतले विश्वस्त गरेका छन् ।

स्रोत व्यक्ति हिरालाल रेग्मीले भने, वडा नम्बर ५ का वडा अध्यक्ष हर्क रावतले संञ्चालन गरेको विद्यालय बीचमा लामो समय सम्म बन्द भएको स्वीकार गर्दै राजस्व तिर्न बाँकी रहेको थियो । हाल राजस्व तिर्दै कानूनी प्रक्रिया पुरा गरिसकेको जानकारी दिए ।

त्यस्तै वडा नम्बर चारमा संञ्चालित प्रुडेन्ट पब्लिक स्कुल शेरबहादुर खातीले ललित मेमोरियलका नाममा संञ्चालनका दर्ता गर्नुका साथै हाल शेयर विक्री गरेका तर कानूनी प्रक्रिया पुरा भइनसेको बताए । आफुले उक्त विद्यालयका संञ्चालकलाई कानूनी प्रक्रिया पुरा गरेर मात्र संञ्चालन गर्न निर्देशन दिएको जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata