१३ मेगा पिक्सलको सेल्फि क्यामेरा सहितको इन्फोकस ६८० नेपाली बजारमा

loading...

बुधबार, पुस २०, २०७३



काठमाडौ ।  अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपालीबजारमा सार्वजनिकगरिएको छ । यस मोबाइललाई नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्राएको हो ।
५.५ इन्चको फूल एचडी डिस्पले रहेको यस स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । आकर्षक, स्लिम र मेटल बडिको डिजाइनमा यो फोनका थुप्रै आकर्षक पक्षहरु रहेका छन् ।

२ जिबी र्याम प्रयोग गरिएको उक्त स्मार्टफोनमा १६ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई ६४ जिबी सम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिन्छ । यस मोबाइलको एक सबल पक्ष यस क्यामेराको हो । १३ मेगा पिक्सेलको रियर एवम् फ्रन्ट क्यामेरा प्रयोग गरिएकाले सेल्फी प्रेमीहरुले आकर्षक सेल्फी खिच्न सक्नेछन ।
नेपालमा नयाँ वर्ष २०१७ देखि फोर जी सेवा सुरु हुने तयारीमा छ ।

यसर्थ यो स्मार्टफोनले फोर जीसिम पनि सपोर्ट गर्दछ । एन्ड्रोइड मार्सम्यालो ६.० अपोरेटिङ्ग सिस्टममा आधारित रहेको सो फोनमा २६०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यस मोबाइलको नेपाली बजार मूल्य १९ हजार ९ सय ९० तोकिएको छ ।

382 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom