भारतीय कांग्रेसको राजनीतिक मिसाइल, प्रियंका गान्धी !

बिहिबार, माघ १०, २०७५



दिल्ली । भारतीय लोकसभाको निर्वाचन नजिक आउँदै गर्दा विपक्षी कंग्रेस पार्टीले खतरनाक चाल चालेको छ । कंग्रेस अध्यक्ष राहुल गान्धीले पार्टी महासचिवमा प्रियंका गान्धीलाई मनोनित गर्दै छोडेको राजनीतिक मिसाइलले भारतीय सरकार र सत्तारुढ दल विजेपीमा खलबली मच्चिएको छ ।

प्रिंयका गान्धीलाई कंग्रेस महासचिव घाेषणा गरे सँगै उत्तरप्रदेश पूर्वाञ्चल क्षेत्रको जिम्मेवारी सुम्पने चर्चा पछि भारतीय राजनीतिमा नयाँ तरंग पैदा भएकाे छ । कंग्रेस दिग्गज नेता कपिल सिब्बलले प्रिंयका गान्धी महासचिव भएसँगै गरेको राजनीतिक ट्वीटले उत्तरप्रदेश र विजेपी राजनीति अचानक तातेको छ ।

विगतमा विजेपी अध्यक्ष अमित शाह र प्रधानमन्त्री मोदीले कंग्रेस मुक्त भारतको नारा लगाएको प्रति लक्षित गर्दै प्रियंका गान्धीको राजनीति इन्ट्रिले मोदी मुक्त वाराणशी वा योगी मुक्त गोरखपुरको नयाँ नारा जोड तोडले लाग्ने सम्भावना बढेको छ ।
विगत केही दिन अघि उत्तर प्रदेशमा अखिलेश मायावतीको गठबन्धन बनेसँगै तात्न थालेको भारतीय राजनीति प्रियंकाको आगमन सँगै नयाँ मोडमा प्रवेश गरेको छ । जसले भारतीय जनता पार्टीको निम्ती झनै चुनौती थपिदिएको छ ।

आगामी निर्वाचनमा रायवरेली क्षेत्रबाट निर्वाचनमा प्रियंकाको उम्मेदवारी रहने सक्ने सम्भावना सँगै वाराणशी र गोरखपुर क्षेत्रमा समेत उनको चर्चाले सत्तारुढ दल विजेपी राजनीतिमा मिसाईलको चर्चा चुलिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata