भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

शनिबार, चैत्र २४, २०७४



नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन्

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।

सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रम ओलीलाई बधाई दिएका थिए । उनले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिनुभएको थियो ।

यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत(गार्ड अफ अनर) प्रदान गरिएको थियो ।

198 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank