“”

प्रधानमन्त्रीलाई एक महिनामै पदमुक्त गर्न सकिने यस्तो छ व्यवस्था !

बिहिबार, फाल्गुन ३, २०७४



२ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइन्न तर ३० दिनमै पदमुक्त गर्न सकिन्छ

काठमाडौँ । अस्थिरताका कारण मुलुकमा विकास नभएको तर्क गर्दै राजनीतिक दलहरूले नयाँ संविधानले स्थायित्व दिने दावी गरे । प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न नसकिने व्यवस्थाबाट मुलुकमा राजनीतिक स्थिरता कायम हुने तर्क नेताहरूले गर्दै आएका छन् ।

तर, नयाँ संविधानले पनि अस्थिरताको जग भने राखेको छ । संविधानको धारा एक सयमा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धि व्यवस्था गरिएको छ । सो धाराको उपधार एक मा प्रधानमन्त्रीले कुनै पनि बखत आफुमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त प्रस्ताव तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसके प्रधानमन्त्री पदबाट मुक्त हुनेछ ।

एक चौथाई सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् । यस्तो प्रस्ताव भने प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म र अविश्वासको प्रस्ताव असफल भएमा एकवर्षसम्म राख्न पाइदैन ।

अविश्वासको प्रस्ताव राख्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख हुनुपर्नेछ । अविश्वासको प्रस्ताव बहुमतबाट पारित भए प्रधानमन्त्री पदमुक्त हुनेछ ।

789 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank