ट्रम्प प्रशासनलाई प्रधानमन्त्री मोदीको कडा जवाफ, अमेरिकी उत्पादनमाथि लगाइयो ‘अतिरिक्त कर’

आइतवार, असार १, २०७६



एजेन्सी । भारतीय सरकारले अमेरिकी उत्पादन बदाम, ओखर, दाल सहित २८ वस्तुहरुमाथि अतिरिक्त शुल्क लगाउने निर्णय गरेको छ ।  ट्रम्प प्रशासनले भारतीय उत्पादीत सामान स्टिल र एल्युमिनियममा अतिरिक्त कर लगाएको बदलामा  गत शनिबार ट्रम्प प्रशासनलाई उक्त जवाफ दिएको हो  । मोदी सरकारले अमेरीकी सामानमाथि लगाएको अतिरिक्त कर आज(आइतबार) देखि लागू हुनेछ । जसले गर्दा अमेरिकी सामानको मूल्य बढ्न जानेछ भने आयात घट्ने छ  ।

केन्द्रिय अप्रत्यक्ष कर एवम् सीमा शुल्क बोर्ड (सीबीआईसी)ले ३० जुन २०१७ को करका दरहरुमाथि संसोधित सूचना गत शनिबार जारि गरेको थियो  ।गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्तामा भएको वातचितको असर अमेरिकी सामानमाथि पोखिएको राजनीतिक विश्लेषकहरुको धारणा छ ।

सीबीआईसीको पछिल्लो दाबी अनुसार २८ अमेरिकी सामानमाथि अतिरिक्त करले भारतलाई २१.७ करोड अतिरिक्त राजस्व प्राप्त हुने जनाइएको छ । सीबीआईसीको पछिल्लो सूचना पछी अमेरिकामा उत्पादन भएका २८ सामानमाथि लगाइएको अतिरिक्त करले ट्रम्प प्रशासनलाई नमिठो धक्का लागेको जनाइएको छ  । पछिल्ला दिनहरुमा अमेरिका र चीनको बीच व्यापार युद्द चर्किएको समयमा भारतले दिएको झड्का ट्रम्प प्रशासनले कसरी लिनेछ ? आम चासोको विषय बन्दै छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata