ओलीको भारत भ्रमण टोलीमा राजेश हमाल किन?

सोमवार, चैत्र १९, २०७४



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको भारत भ्रमणमा जाने टोलीका विषयमा छलफल चलिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार साँझसम्म टोलीको टुङ्गो लाग्नेछ । तर यसपटक कलाकार पनि भ्रमण टोलीमा राखिने भएको छ । नेपाल र भारतको कला क्षेत्रलाई जोड्नकालागि प्रधानमन्त्री केपीशर्मा ओलीले भ्रमण दलमा कलाकार पनि राख्न लागेका हुुन् ।

अभिनेता राजेश हमालसहित ५ जनाकला क्षेत्रका व्यक्ति लैजाने गरि तयारी भइरहेको छ । नयाँदिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । त्यसमा नेपाल र भारतको कलाक्षेत्रको सहकार्यका विषयमा छलफल हुनेछ ।

भारत भ्रमणमा सहभागि हुने टोलीमा मन्त्री, सांसद, सरकारी कर्मचारी पनि रहने छन् । स्रोतका अनुसार भ्रमणटोलीमा ५५ सदस्यीय रहने छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्ने तय भएको छ ।

178 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank