नेकपा समर्थित पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’

बुधबार, साउन १६, २०७५



काठमाडौँ । नेकपा समर्थित पत्रकारहरूको संगठनको नाम ‘प्रेस संगठन नेपाल’ रहने भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकतापछिको नयाँ नाम टुंगो लगाइएको हो ।

बैठकले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका महासचिवद्धयले तयार पारेको संगठनको अन्तरिम बिधान–२०७५ लाई अन्तिम रुप दिएको हो । एकिकृत संगठनको नाम अंग्रेजीमा ‘प्रेस अर्गनाइजेशन नेपाल ‘ राख्ने निर्णय भएको छ।

अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय पनि गरिएको छ । एकिकृत संगठनमा अध्यक्ष र महासचिवसहित दुई सय २५ सदस्यीय केन्द्रीय समिति रहने प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा र प्रेस चौतारीका महासचिव राजेश राईले बुधबार निकालेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank