नेपालमा एक बर्षमा प्रेस स्वतन्त्रता हननका ६२ घटना, विश्वमा कति पत्रकार मारिए ?

बिहिबार, बैशाख २०, २०७५



काठमाडौं । आज विश्व अन्तर्राष्ट्रि प्रेस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ । नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो । यस वर्षको प्रेस दिवसको अन्तर्राष्ट्रिय नारा ‘शक्तिको निगरानी : सञ्चारमाध्यम, न्याय र विधिको शासन’ भन्ने रहेको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले देशभरीका शाखा मार्फत कार्यक्रम गर्दैछ ।

काठमाडौं उपत्यका लगायत सबै जिल्लाहरुमा बिहान प्रभातफेरि तथा अन्तरक्रिया र छलफल कार्यक्रमहरु राखेको महासंघले जनाएको छ । महासंघको संयोजनमा काठमाडौंको बानेश्वरबाट माइतीघर मण्डलासम्म प्रभातफेरि गरिएको छ । आजै इम्नेष्टि इनरनेशनलले पनि विश्वमा प्रेस स्वतन्त्रताका अवस्थाका विषयमा छलफल कार्यक्रमहरु राखेको छ । नेपाल शाखाले पनि मारिएका पत्रकारको सम्झनामा कार्यक्रम गर्दैछ ।

प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना दिएका छन् । । राज्यमन्त्री बाँस्कोटाद्वारा प्रेस विज्ञप्तिमा निकालेर पेसागत दायित्व निर्वाहको सिलसिलामा विश्वभर ७९ जना पत्रकारको हत्या भएको उल्लेख गर्दै उनीहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  । पत्रकारको सम्मान, प्रोत्साहन र सामाजिक सुरक्षाका लागि पनि सरकार गम्भीर भएको मन्त्री बास्कोटाको विज्ञप्तीमा उल्लेख छ ।

अन्तर्रा्ष्ट्रिय प्रेस स्वतन्त्रता दिवसकै सन्दर्भमा नेपाल पत्रकार महासङ्घले जारी गरेको शुभकामना सन्देशमा यस वर्ष सम्पन्न तीन तहको निर्वाचनको सन्दर्भमा राज्यपक्षबाट नै प्रेस स्वतन्त्रता हननका घटना बढी भएको टिप्पणी गरेको छ ।

महासङ्घले २०१७ मे ४ देखि २०१८ मे २ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यस्ता घटनामा सबैभन्दा बढी पत्रकारमाथि धम्की र दुव्र्यवहारका १९ घटना भएका छन् । भौतिक आक्रमणका १७ वटा घटना र पत्रकार पक्राउका १६ वटा घटना भएको उल्लेख गरेको छ ।

महासङ्घले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको उल्लेख गरेको छ । महासङ्घले राष्ट्रिय आमसञ्चार नीति २०७३ को कार्यान्वयन एवं सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकारसँग माग पनि गरेको छ ।

कति पत्रकार मारिए ?
पछिल्लो एब बर्षमा साल ६ महिलासहित ८६ पत्रकार मारिएका छन् । १०१८ को चार महिनामा मात्रै ३१ पत्रकारको हत्या भएको छ । हरेक एक महिनामा ८ पत्रकारमा मारिने गरेको तथ्याङकले देखाएको छ ।

197 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank