काउन्सिलका नामबाट गलत पत्राचारप्रति भत्र्सना

सोमवार, पुस २४, २०७४



काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘हिटलर’ दैनिक पर्साका संवाददाता सन्तोष पटेलले आफ्नो संस्थाको नक्कली लेटरप्याड प्रयोग गरी जिल्लाभरी गलत पत्राचार गरेकामा भत्र्सना गरेको छ ।

“परवानीपुर–१ बाराका पटेलले काउन्सिलबाट बाराका विभिन्न पत्रपत्रिकाको अभिलेख लिएको भनी काउन्सिलको लेटरप्याड, लोगो, स्ट्याम्प, सूचना अधिकारीको हस्ताक्षरसमेत कीर्ते गरी, नक्कली चलानी नम्बर राखी बारा जिल्लाभरी गलत पत्राचार गरेको भनी प्राप्त जानकारी सम्बन्धमा प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ”, काउन्सिलका सूचना अधिकारी दीपक खनालद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

काउन्सिलले यस्तो गलत धन्दामा संलग्नको पहिचान गर्न र खोजीमा सहयोग पुर्‍याउन नेपाल पत्रकार महासंघ बारा र पर्सा शाखा, प्रहरी प्रशासन, पत्रकार,जनसमुदाय तथा सरोकार भएकाहरुलाई आग्रह गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata