अपवाहक फैलाउने तीन वटा अनलाइन बन्द, ११ वटा वेभसाइट नेपालमा हेर्न नमिल्ने

शनिबार, चैत्र १५, २०७६



काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणबारे अपबाहक फैलाउने तीन वटा अनलाइन सञ्चार माध्यम बन्द गरिएको छ ।

नियमानुसार दर्ता वा सूचीकरण नभएका तीन वटा वेभ साइट नेपाल भित्र प्रकाशन प्रसारण हुन नसक्ने नेपाल दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ । त्यस्तै तीन वटा अनलाइन सञ्चार माध्यमलाई २४ घण्टा भित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

त्यस्तै हालसम्म कोरोना भाइरस सङ्क्रमणबारे अतिरञ्जित गरेका दर्ता सूचीकरण भई नसकेका ११ वटा साइडलाई नेपाल भित्र खुल्न नसक्ने बनाएको छ भने २६ वटा सञ्चार माध्यमलाई जिम्मेवारीपूर्ण जवाफ मागिएको प्रेस काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलद्वारा जारी विज्ञप्ति

Press_council_Nepla_Yc6c9JnLcT

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments