कोरोना भाइरसबारे भ्रम फैलाउने १७ अनलाइन बन्द

मङ्लबार, चैत्र १८, २०७६



काठमाडौं । कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको भन्दै ३६ वटा अनलाइन सञ्चार माध्यमलाई स्पष्टीकरण सोधेको छ ।

भ्रम फैलाउने १७ सञ्चार माध्यमलाई नेपालभर प्रकाशन/प्रसारण हुन नसक्नेगरी बन्द गर्न काउन्सिलले दूरसञ्चार प्राधिकरणलाई सिफारिस गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments