श्रमजीवी पत्रकारहरुको ५ महिनादखि रोकिएको तलव माग, गर्दै नेपाल एफएममा महासंघद्वारा आन्दोलन

मङ्लबार, बैशाख १८, २०७५



काठमाडौं । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिले नेपाल एफएममा कालो ब्यानर टाँसेर आन्दोलन सुरु गरेका छन् । महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा गएको आन्दोलन टोलीले एफएमको भवनमा ब्यानर टाँसेर आन्दोलन थालेका छन् ।

श्रमजीवी पत्रकार कर्मचारीलाई ५ महिनादेखि रोकिएको तलब अबिलम्ब उपलब्ध गराउनु पर्ने, श्रमजीवी पत्रकार ऐन अनुरुप सबै सेवा(सुबिधा दिनुपर्ने, पत्रकारहरुलाई बिभिन्न झुट्टा आरोपलगाएर दुख दिने कार्य बन्दहुनुपर्नेलगायतका माग राखिएको समितिका सहसंयोजक जन्मदेव जैसीले बताए । ब्यानर टाँसेपछि आन्दोलन कार्सयक्रमलाई म्बोधन गर्दै महासचिव विष्टले श्रमजीवीका माग पुरा नभए तालाबन्दीसम्म उत्रिन महासंघ बाध्य हुने चेतावनी दिए ।

nepal fm

श्रमको मुल्य नदिने मिडिया बन्द हुन्छन् भने होउन् तर हाम्रो आन्दोलन रोकिदैन,ू विष्टको भनाई थियो । टोलिमा संयोजक रामप्रसाद दाहाल, सह संयोजक जैसी, सदस्य यम बिरहीसहित नेपाल एफएम प्रतिष्ठान अध्यक्ष बैकुण्ठ ढकाल, सचिव रघुनाथ बजागाई, सह सचिवद्धय सम्झना पौडल, लगायतको उपस्थिति थियो ।

65 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank