राष्ट्रपति चयनका लागि भएको मतदान सकियो, मतगणना ४ बजेबाट

मङ्लबार, फाल्गुन २९, २०७४



काठमाडौं । राष्ट्रपति चयनका आज (मंगलवार) भएको मतदान सकिएको छ । मतगणना अपराहृन ४ बजेबाट सुरु हुनेछ । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाताले मतदान गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले मतदान गरेनन् । त्यस्तै प्रदेशसभाका १४ सदस्यले पनि मतदानमा भाग लिएनन् ।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

209 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank