संघीय संसदमा यसरी पुगिन् राष्ट्रपति विद्यादेवी भण्डारी

बिहिबार, चैत्र १५, २०७४



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन् । राष्ट्रपति शीतल निवास, एकदेवी मोड, बालुवाटार, भाटभटेनी, नक्साल भगवती, लुस्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, गोल्डेनगेट कलेज, सिनामंगल, तीनकुने, शान्तिनगर हुँदै बानेश्वपर पुगेकी हुन् ।

संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउँदा प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाइएको थियो भने बैठक कक्ष र राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख महरा र अध्यक्ष तिमल्सिनाको आशनलाई विशेष आकर्षक बनाएको थियो ।

bidhya bhandari 4

bidhya bhandari 5

bidhya bhandari 3

bidhya bhandari

245 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank