होली पर्वले मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा मिलोस्: राष्ट्रपति भण्डारी

सोमवार, फाल्गुन २६, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को शुभकामना सन्देश दिएकी छिन । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश मार्फत  साँस्कृतिक विविधता युक्त नेपाली समाजमा हाेली पर्वले समस्त नेपालीहरूबीच  सामाजिक सद्‍भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्‍न योगदान पुर्‍याउने जनाएकी छिन ।

रङ्गहरूको पर्वका रूपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा पहाडी र हिमाली जिल्लाहरूमा फागुन २६ र तराईका जिल्लाहरूमा फागुन २७ मा मनाइँने गरिन्छ ।यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु शुभकामना सन्देशमा भनिएकाे छ ।

राष्ट्रपति भण्डारीकाे शुभकामना सन्देश

002_शुभकामना-1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments