राष्ट्रपतिको स्वागतमा नगरपालिकाले दियाे सार्वजनिक बिदा

बुधबार, फाल्गुन १४, २०७६



काठमाडौँ । राष्ट्रपतिको विद्यादेवी भण्डारी बिहीबार बैतडी जाने भएकी छिन । राष्ट्रपति भण्डारीको आगमन हुने भएपछि बैतडीको पाटन नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रप्रमुख भण्डारी जिल्लाको भ्रमणमा आउन लागेको भन्दै पाटन नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए।

बैतडीको पाटनमा उनले सिटिइभिटीको एउटा कलेजको उद्घाटन गर्ने कार्यक्रम छ। पाटन नगरपालिका ६ मा बनेको उक्त कलेजको उद्घाटन गर्नुअघि राष्ट्रपति भण्डारीले दशरथ नगरपालिकामा पर्ने त्रिपुरा सुन्दरीको दर्शन गर्ने कार्यक्रम छ। साथै उनी सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा जाने कार्यक्रम रहेको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मोत्सव मनाउन पुर्खौली घर जाँदा तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो । राष्ट्रप्रमुखको सवारीमा सार्वजनिक बिदा दिनु जायज नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments